
Jul 02 2025 | २०८२, असार १८ गते
काठमाडौँ । डडेल्धुराको अमरगढी नगरपालिकाबाट ५ जना जुवाडेहरु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार अमरगढी नगरपालिका–५ कीर्तिपुर बस्ने करन रोकायको घरमा संचालित जुवा खालमा छापा मारेर आरोपीहरुलाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा ३० वर्षीय सन्तोष ओझासहित ५ जना छन् । जिल्ला प्रहरी कार्याल डडेल्धुराबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो । जुवा खालबाट ५८ हजार ८ सय ५० रुपैयाँ नगद बरामद गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij