
Jul 01 2025 | २०८२, असार १७ गते
काठमाडौं । गोली प्रहारबाट घाइते भएका बाराको कलैया बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल गुड्डु भनिने रुपेश सर्राफको निधन भएको छ ।
उनीमाथि सोमबार दिउँसो करिब १ बजेतिर अपरिचित समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।
बारा प्रहरीका अनुसार सर्राफको टाउको र छातीमा गोली लागेको थियो । उनलाई कलैया प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि वीरगञ्जस्थित वयोधा अस्पताल लगिएको थियो ।
गोली प्रहार गर्ने समूहको खोजी भइरहेको बारा प्रहरी प्रमुख सुरेश काफ्लेले जनाए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij