
Jul 01 2025 | २०८२, असार १७ गते
काठमाडौँ । नवलपरासी पश्चिम, रामग्राम नगरपलिका-७ उजैनीबाट स्रोत नखुलेको नगद १६ लाख ५० हजार रुपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाल्हिनन्दन गाउँपालिका-२ हरपुर बस्ने २५ वर्षीय ईमरान खान रहेका छन् ।
लु.९० प ७८८५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले मोटरसाइकल चालक खानलाई झोलामा लुकाई ल्याएको उक्त रकम फेला पारी मोटरसाइकलसहित बिहीबार दिउँसो पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij