Jun 15 2026 | २०८३, असार १ गते
काठमाडौं । पाल्पा घुम्न आएका २२ वर्षीय बिमल आचार्यको तिनाउ गाउँपालिका-३ भूतखोलमा डुबेर मृत्यु भएको छ । आज बिहान रुपन्देहीबाट घुम्न आएका सिद्धार्थनगर नगरपालिका–९ का आचार्य तिनाउ गाउँपालिका–३ भूतखोलामा घुम्न गएका थिए ।
भूतखोलामा डुबेका आचार्यलाई प्रहरी चौकी दोभानबाट खटिएको प्रहरी टोलीले तत्काल उद्धार गरी उपचारका लागि बुटवल हस्पिटल पठाएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए ।
घटानको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij