
May 05 2025 | २०८२, वैशाख २२ गते
काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले भूकम्पपीडितलाई राहत सहयोग प्रदान गरेको छ ।
जाजरकोट र रुकुम जिल्लामा गएको भूकम्पका पीडितहरुका लागि तत्काल आवश्यकताका सामग्रीहरु हस्तान्तरण गरिएको छ । युनिलिभरले “प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष” मा एक करोड रुपैयाँ सहयोग गर्दै पाल, कम्बल, औषधि, ड्राई फुड, हर्लिक्स, सुप लगायतका तत्काल राहत सामग्री प्रदान गरेको हो ।
युनिलिभर नेपाल लिमिटेडले पीडित परिवार र राष्ट्रसँग ऐक्यबद्धता प्रकट गर्दै नेपाल सरकारको भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण र पुनस्र्थापना कार्यलाई साथ दिनको लागि सहयोग गरेको जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij