Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

एक लाख बढी नगदसहित जुवा खालबाट ११ जना पक्राउ

एक लाख बढी नगदसहित जुवा खालबाट ११ जना पक्राउ

  • काठमाडौँ । लमजुङमा एक लाख बढी नगदसहित जुवा खालबाट ११ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार  जिल्लाको सुन्दरबजार नगरपालिका ६ खत्रीठाटीबाट एक लाख २४ हजार दुई सय ९५ रुपैयाँसहित जुवाडे पक्राउ परेको हो ।

    onlinepatrika
    Arghakhachi

    बिहीबार राती करिब ११ बजेको समयमा खत्रीठाँटीका बर्ष ४३ को सुवास श्रेष्ठको घरबाट रकम हारबाजी राखी जुवा (कौडा) खेलिरहेको अवस्थामा घरधनी सहित जुवाडे पक्राउ परेको जिल्ला प्रहरी कार्यालले जनाए ।

    AGNI GROUP

    जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय भोटेओडार र सुन्दरबजारको प्रहरी टोलीले एकादशीको दिन हारजितको बाजी राखेर कौडा खेलिरहेको सूचनाको आधारमा श्रेष्ठको घरमा छापा मारेको  जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाईलेजनाएका छन् । सूचना अधिकारी चपाईले उनीहरुको साथबाट १६ थान कौडा र नगद बरामद भएको बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij