Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । बर्दियाको सदरमुकाम गुलरियामा प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव हुने भएको छ ।महोत्सवमा १ लाख दर्शक आउने र ५ करोड बराबरको कारोबार गर्ने लक्ष्य रहेको उद्योग वाणिज्य संघ गुलरिया बर्दियाका अध्यक्ष देवेन्द्र पाण्डेले बताए ।
कृष्णसार संरक्षण क्षेत्र, बर्दिया राष्ट्रिय निकुञ्ज, बबई भ्याली, बढैया तथा सत्खलुवा ताल लगायत जिल्लाका महत्वपूर्ण पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसार गर्दै स्तरोन्नति मार्फत आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यका रूपमा विकास गर्ने उद्देश्य राखिएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij