Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

भूकम्प पीडितका लागि नेपाल बैंकबाट ५० लाखको चेक हस्तान्तरण

भूकम्प पीडितका लागि नेपाल बैंकबाट ५० लाखको चेक हस्तान्तरण

  • काठमाडौं । जाजरकोट भूकम्प पीडितका लागि नेपाल बैंक लिमिटेडले ५० लाख रुपैयाँ बराबरको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय बालुवाटारमा आयोजित एक कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीले उक्त चेक प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    बैंकले दैवी तथा प्राकृतिक प्रकोप, महामारीको रोकथाम तथा नियन्त्रण लगायत विभिन्न विपत्को समयमा आर्थिक सहयोग प्रदान गर्दै आएकोमा सो को निरन्तरता स्वरूप जाजरकोट भूकम्प पीडितलाई आर्थिक सहयोग प्रदान गरिएको र आगामी दिनमा समेत यस प्रकारको सहयोग जारी रहने कार्यक्रममा अध्यक्ष अधिकारीले प्रतिवद्धता जनाए ।

    AGNI GROUP

    बैंकका अनुसार संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा हुने गरी सहयोग गरिएको छ ।सो कार्यक्रममा सञ्चालक समिति सदस्य विवेक शम्शेर जबरा, कामु प्रमुख कार्यकारी अधिकृत समता पन्त, बैंकका कम्पनी सचिव केशवप्रसाद भण्डारी, वरिष्ठ प्रबन्धक विश्वराज भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij