Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

फिल्म 'दुई कदम' को ट्रेलर सार्वजनिक

फिल्म 'दुई कदम' को ट्रेलर सार्वजनिक

  • काठमाडौँ । उदय सुब्बा निर्देशित फिल्म 'दुई कदम' को ट्रेलर सार्वजनिक भएको छ । ओएसआर डिजिटल युट्युब च्यानलमार्फत बुधबार फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । अजम्बरी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा तारा देवी लिम्बुको लगानी रहेको छ ।

    onlinepatrika
    Arghakhachi

    फिल्मका कलाकारहरुमा इओन लिम्बु, सिमोन गिरी, गौरव पहारी, सुनिल थापा, कविता आले, सुरवीर पण्डित, प्रेम सुब्बा, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जीवन लिम्बु, चन्दा दाहाल, प्रितिका शर्मालगायतका रहेका छन् । 

    AGNI GROUP

    फिल्ममा दयाराम घिमिरेको कथा तथा पटकथा लेखन, विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, डिपी खनालको गीत लेखन, राजु किराँतीको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी र प्रविन ढकालको सम्पादन रहेको छ । मंसिर २९ गतेदेखि यो फिल्म  प्रदर्शन हुने जनाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट