Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।संस्थापक शेयरधनीको नाममा रहेको ५ हजार कित्ता शेयर बैंकले बिक्रीमा ल्याएको हो ।
उक्त शेयर खरिदको पहिलो हक विद्यमान संस्थापक शेयरधनीलाई रहेको छ । यसका लागि आवश्यक कागजातसहित खरिद गर्न चाहेको शेयर विवरण खुलाई इच्छुक शेयरधनीले बैंकको केन्द्रीय कार्यालय महेन्द्रपथ धरान–१२ सुनसरी वा शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड कमलादी, काठमाडौंमा ३५ दिनभित्र आवेदन दिन सक्नेछन् ।
तोकिएको समयभित्र उक्त शेयर खरिदको कुनै आवेदन नपरेको खण्डमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रकिया अघि बढाइने बैंकले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij