
May 05 2025 | २०८२, वैशाख २२ गते
काठमाडौ । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सुन प्रतितोला २०० रुपयाँले बढेको छ । योसँगै आज छापावाला सुन प्रतितोला एक लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै तेजाबी सुन प्रतितोला एक लाख १८ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य भने यथावत रहेको छ । आज चाँदी प्रतितोला एक हजार ४६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij