Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ब्रसेल्सस्थित नेपाली दूतावासले बेल्जियममा अन्तरक्रिया

राजदूत सेवा लम्साललाई सुझाव

राजदूत सेवा लम्साललाई सुझाव

  • ब्रसेल्स । ब्रसेल्सस्थित नेपाली दूतावासले बेल्जियममा सक्रिय नेपाली संघसंस्था एवम् समाजका अगुवाहरुसंग अन्तरक्रिया गरेको छ ।
    बेनेलक्स एवम् युरोपेली संघका लागि नेपाली राजदुत नियुक्त भएर तीन महिना अघि कार्यभार सम्हाल्न आएकी पूर्वपरराष्ट्र सचिव सेवा लम्सालले आगामी कार्ययोजना बनाउन सहयोग पुगोस् भनेर नेपाली समुदायको सुझाव लिन अन्तरक्रियाको आयोजना गरिएको बताइन् ।

    onlinepatrika
    Arghakhachi

    पूर्वपरराष्ट्र सचिव सेवा लम्सालले आगामी कार्ययोजना बनाउन सहयोग पुगोस् भनेर नेपाली समुदायको सुझाव लिन अन्तरक्रियाको आयोजना गरिएको बताइन् ।

    AGNI GROUP

    डायस्पोराका संघसंस्थासंग विशेषगरि चारवटा बुँदा ‘नेपालमा पर्यटन प्रबर्धन एवम पर्यटकीय गन्तब्यको प्रभावकारी प्रचारप्रसार, नेपालमा लगानी भित्र्याउन दूतावासले खेल्नुपर्ने भूमिका, बेल्जियममा उपलब्ध रोजगारीका अवसर र चुनौती, दूतावासको सेवा प्रवाहलाई सरलीकृत गर्न  के कस्ता उपाय अपनाउन सकिन्छ ?’ भन्ने बारेमा सुझाव मागिएको थियो ।

    अन्तरक्रियामा उपस्थित नेपाली समुदायका अगुवा तथा विभिन्न संघसंस्थाका पदाधिकारीहरुले बेल्जियममा बिसौ बर्षदेखि  भोग्दै आएका समस्या र समाधानका लागि व्यावहारिक उपाय र कूटनीतिक पहल, लगानी र पर्यटन प्रबर्धनका लागि नेपाल सरकारले गर्नुपर्ने र सुधार्नुपर्ने नीतिनियम एवं युरोपको श्रम बजारमा नेपाली जनशक्तिको पहुँचका लागि गर्न सकिने कामलगायत एनआरएन नागरिकता, दोश्रो पुस्तालाई नेपालसंग जोड्नका लागि पहल, भिसा सम्बन्धि समस्या,  हवाई यातायात समस्या, युरोपमा नेपाली वायु सेवा कम्पनिहरु माथि लगाइएको प्रतिबन्ध फुकुवाको पहल साथै योग, ध्यान, नेपाली परिकार, कला संस्कृतिमार्फत नेपालको  प्रबर्धन गर्ने लगायतका सुझावहरु दिएका थिए ।

    कार्यक्रममा नेपाली दूतावासका द्वितीय सचिव रूस कार्की, एनआरएनए बेल्जियम अध्यक्ष सीता सापकोटा,एनआरएनए बेल्जियमका पूर्व अध्यक्षहरु एवं  केन्द्रीय पदाधिकारीहरु पीजी शेर्पा, गंगाधर गौतम, लोक दाहाल, चित्र सुवेदीका साथै बेल्जियमस्थित सांस्कृतिक, सामाजिक, क्षेत्रीय संघसंस्थाका पदाधिकारीहरु र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij