Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

डियगो म्याराडोनाको निधन

डियगो म्याराडोनाको निधन

  • काठमाडौँ । फुटबलका हस्ती पेलेले अर्का हस्ती डियगो म्याराडोनाको निधनमा दुःख व्यक्त गरेका छन् । पेलेले आफूले ‘महान साथी’ गुमाएको बताएका छन् । हृदयघातका कारण म्याराडोनाको ६० वर्षको उमेरमा बुधबार निधन भएको हो । 

    onlinepatrika
    Arghakhachi

    pele and maradona 1.jpeg 

    AGNI GROUP

    पेले र म्याराडोना दुवैलाई इतिहासकै महान फुटबल खेलाडीका रुपमा लिइन्छ । ८० वर्षीय पेलेले म्याराडोनाप्रति श्रद्धाञ्जली दिँदै ट्विटमा लेखेका छन्, ‘मैले एक जना महान साथी गुमाएँ, विश्वले एक महान साथी ।’ पेलेले अगाडि लेखेका छन्, ‘अझै पनि धेरै कुरा भन्न बाँकी नै छन्, तर अहिलेलाई भगवानले उनको परिवारलाई धैऱ्यधारण गर्ने शक्ति प्रदान गरून् । मलाई आशा छ एकदिन हामी स्वर्गमा सँगै फुटबल खेल्नेछौं ।’

    pele post1.JPG

     

    पेलेले ब्राजिललाई सन् १९५८, १९६२ र १९७० गरी तीन पटक विश्वकपको उपाधि जिताएका थिए । उनी ब्राजिलका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी पनि हुन् । उनले ९२ खेलमा ब्राजिलका लागि ७७ गोल गरेका छन् । सन् २००० मा फिफाले म्याराडोना र पेले दुवैलाई ‘शताब्दी खेलाडी’ घोषणा गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट