
May 04 2025 | २०८२, वैशाख २१ गते
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जनताका आशालाई निराशामा परिणत नगर्न र संविधान कार्यान्वयन गर्न आवश्यक रहेको बताएका छन् ।
माघे संक्राति एवं माघी पर्वको अवसरमा शीतल निवासमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानले परिकल्पना गरेको कुरा कानुनद्वारा व्यवस्थित गर्न जरुरी रहको भन्दै जनताका आशालाई निराशामा परिणत नगर्न संविधान कार्यान्वयनमा जान आवश्यक रहेको बताएका हुन् ।
राष्ट्रपति पौडेलले संविधानलाई कार्यान्वयन गरी देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्र साकार पार्ने हो हामीले यही अठोट लिनुपर्नेमा जोड दिए । उनले अहिले माघे संक्राति सबै नेपालीको पर्व भइसकेको भन्दै शुभकामना व्यक्त गरे ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij