Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेपाली सेनाको हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

नेपाली सेनाको हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

  • काठमाडौं । नेपाली सेनाको हेलिकप्टरमार्फत जिल्ला अस्पताल बाजुराबाट एक सुत्केरीकोउद्धार गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    हिमाली गाउँपालिका–१ बिच्छ्याकी २२ वर्षीया सुस्मिता खड्कालाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले बताए ।

    AGNI GROUP

    उनका अनुसार दुई दिन पहिले शल्यक्रिया गरी सुत्केरी गराइनुभएकी खड्काको पेट सुन्निएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत पठाइएको हो ।

    जिल्ला अस्पताल बाजुराबाट सुत्केरीको अवस्था जटिल बन्दै गएको पत्र प्राप्तभएपछि महिला तथा बालबालिका मन्त्रालयमार्फत पहल गरेपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत सेनाको हेलिकप्टरमा उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij