
May 05 2025 | २०८२, वैशाख २२ गते
काठमाडौं । जनकपुरधामबाट सहकारी कर्मचारीको साथमा भएको ८० लाख रुपैयाँ लुटेको आरोपमा दुई जना पक्राउ परेका छन् । लुटमा संलग्न देखिएको भन्दै जनक महतो र श्रवण कापरलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूमाथि २४ वैशाखमा धनुषाको सबैला १२ रघुनाथपुरको शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई लुटेको आरोप छ ।
मोटरसाइकलमा आएका उनीहरुले हतियारधारीले जनकपुरधाम १९ मा पेस्तोल देखाएर ८० लाख लुटेका थिए । उनीहरूबाट केही रकम प्रहरीले बरामद समेत गरेको जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij