Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ललितपुर सानेपामा ‘नेपाल फेसन फेस्टिभल २०२४’

ललितपुर सानेपामा ‘नेपाल फेसन फेस्टिभल २०२४’

  • काठमाडौं । ललितपुरमा आगामी जेठ ११ गतेदेखि १३ गतेसम्म ‘नेपाल फेसन फेस्टिभल २०२४’ हुने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    ‘दिगो फेसन, सौन्दर्य, जीवनशैली तथा कलाका लागि युवा र महिलाहरूलाई सशक्तिकरण’ नाराका साथ नेपालमै पहिलोपटक फेसन नेटवर्क नेपाल (एफएनएन) ले फेस्टिभल आयोजना गर्न लागेको हो ।

    AGNI GROUP

    फेस्टिभल ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म आयोजना हुनेछ । एफएनएनका संस्थापक अध्यक्ष प्रशान्त ताम्राकारले नेपालको फेसन उद्योगका सरोकारवालालाई सशक्तिकरण गर्र्न, विकास गर्न र उनीहरूलाई फस्टाउन सक्ने पारदर्शी र सहयोगी फेसन उद्योगको निर्माण गर्न फेस्टिभल आयोजना गर्न लागिएको बताए । उनका अनुसार फेस्टिभलमा कम्तीमा ७५ वटा स्टल हुनेछन् ।

    फेस्टिभलमा पञ्च एण्ड सन्स ज्वेलरी, परि कस्मेटिक्स, रिजभल, नमूना फेसन कलेज, आईआईएफटी, पिके मार्केटिङ, इन्टा अटायर, आवरण स्किन क्लिनिक, बप्दावा, एसएस फेसन एण्ड क्राफ्ट, हेल्दी च्वाइस, प्रमानी फेसन हाउस, राष्ट्रिय पोशाक घर, श्रीकेश हेयर ओयल, एलआईएम कलेजरएएलसीका स्टललगायतका स्टल हुनेछन् ।

    फेस्टिभल अवधिभर ६ वटा प्यानल डिस्कसन हुनेछ । यसबाहेक फेस्टिभलमा फेसनसँग सम्बन्धि वर्कशप तथा मास्टर क्लास, फेसन फोटो प्रदर्शनी हुनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट