
Jun 20 2025 | २०८२, असार ६ गते
काठमाडौं ।अटोरिक्सा र मोटरसाइकल एक-आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा बबई गाउँपालिका-४ का मोटरसाइकल चालक ३० वर्षीय राजेश भण्डारी र मोटरसाइलकमा सवार ३१ वर्षीय साकार केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय, तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुर पोख्रेलले बताए । दुर्घटनामा घाइते दुवै जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
दाङको तुलसीपुर-२ कुमलगडीस्थित कुमलगडीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ह ४०९६ नम्बरको अटो र विपरीत दिशामा गुडिरहेको रा ७ प २५० नम्बर मोटरसाइकल एक-आपसमा ठोक्किएका हुन् । दुर्घटनामा परी दाङको शान्तिनगर-७ खैरेनीका अटोचालक ४३ वर्षीय रुद्रबहादुर थापा गम्भीर घाइते भएका छन् । उनको नेपालगञ्जमा उपचार भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij