Logo

Jun 20 2025 | २०८२, असार ६ गते

Jun 20 2025 | २०८२, असार ६ गते

जिम्मेवारी पूरा गर्न प्रहरी कर्मचारीहरू सिर्जनशील हुनुपर्छ : महानिरीक्षक

जिम्मेवारी पूरा गर्न प्रहरी कर्मचारीहरू सिर्जनशील हुनुपर्छ : महानिरीक्षक

  • काठमाडौं : प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले राज्यले सुम्पिएको जिम्मेवारी उत्कृष्ट रूपमा पूरा गरी राष्ट्र र नागरिकलाई सकारात्मक योगदान दिन प्रहरी कर्मचारीहरू थप सिर्जनशील हुनुपर्ने बताएका छन् ।

    images
    images
    images

    हालै सरुवा भई आ-आफ्नो कार्यक्षेत्रमा खटिएर जान लागेका प्रहरी नायव महानिरीक्षकहरू र प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधनको क्रममा उत्कृष्ट कार्य सफलताको शुभकामना दिँदै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताएका हुन् ।

    images

    प्रहरी महानिरीक्षक कुँवरले संगठनको कार्ययोजना एवम् लक्ष्यलाई प्राथमिकतामा राखेर संगठनको नीति निर्देशनलाई प्रभावकारी कार्यान्वयन गर्दै सांगठनिक लक्ष्य हासिल गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरू सक्रिय भई खरो रूपमा उत्रन निर्देशन  दिए ।

    सबै प्रहरी कर्मचारीहरूले संगठनलाई विशिष्ट योगदान दिन व्यावसायिकता र निष्ठापूर्वक कार्यसम्पादन गर्नुपर्ने चर्चा गर्दै उनले भने, ‘संगठन बलियो भए हामी बलियो हुन्छौँ । संगठनलाई थप बलियो र सुदृढ बनाउन चेन अफ कमाण्डभित्र रहेर सक्रिय र सामूहिक प्रयासमा केन्द्रित हुनु आवश्यक छ ।’

    विगतमा भएका कमी कमजोरीलाई विश्लेषण गरी आवश्यक योजना, नीति बनाई आ-आफ्नो कार्यक्षेत्रमा शान्ति सुव्यवस्था कायम एवम् अपराध अनुसन्धान तथा नियन्त्रण गर्नका निम्ति स्थानीय तह, नागरिक एवम् अन्य सरोकारवाला निकायसँग समन्वयकारी भूमिका निर्वाह गर्दै अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij