Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

‘अमेरिकाले सन्दीपलाई भिसा नदिएर नेपालकै अपमान गर्यो’

‘अमेरिकाले सन्दीपलाई भिसा नदिएर नेपालकै अपमान गर्यो’

  • काठमाडौं -    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र बहादुर शाहीले एक नेपाली क्रिकेटरको विषयलाई लिएर परराष्ट्र नीतिप्रति नै प्रश्न गरेका छन् । आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको प्रतिनिधि सभा बैठकमा सांसद शाहीले क्रिकेटर सन्दीप लामिछानेको भिसा प्रकरण सदनमा उठाएका हुन ।

    onlinepatrika
    Arghakhachi

    उनले नेपाल अमेरिकाबीचको परराष्ट्र नीतिमा कुनैपनि देशको आन्तरिक विषयमा हस्तक्षेप गर्ने कुरालाई स्वीकार नगर्ने नीतिमै समावेश भएनि उच्च अदालतले निर्दोष सावित गरेको र आइसीसीले समेत स्वीकृति दिएको व्यक्तिलाई अमेरिकाले भिसा नदिएकोमा रोष पोखे ।

    AGNI GROUP

    विश्वमा क्रिकेट र फुटवललाई सबैले रुचाउने र यी खेलका माध्यमबाट देशको नाम उँचो हुनेमा जोड दिएका उनले क्रिकेटमा बलिया टोलीका खेलाडीलाई समेत पछि पारेका सन्दीपलाई नेपालले दोस्रो पटक विश्वकप खेल्दै गर्दा भिसाका कारण रोक लगाउनु उचित नभएको तर्क गरे ।

    उनले भने, ‘नेपाललाई संसारभर यदी कसैले चिनाउँछन् भने कि कलाकारले कि खेलाडीले । नेताले होइन । सन्दीपलाई भिसा नदिनु सिङ्गो देशमाथि अमेरिकाले गरेको अपमान हो ।’ सन्दीप भिसा प्रकरणमा आक्रोशित देखिएका उनले परराष्ट्र नीतिमाथि नै प्रश्न उठाएका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij