
Jun 19 2025 | २०८२, असार ५ गते
काठमाडौं । पाँचथरको मुवा झरना घुम्न गएका एक युवकको लडेर मृत्यु भएको छ । झरनाको सौन्दर्यमा फोटो खिच्ने क्रममा लडेर घाइते हुँदा फिदिमका १८ वर्षिय एल्सन मगरको मृत्यु भएको हो ।
गम्भिर घाइते भएका मगरलाई उपचारका लागि झापा लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
साथीहरूसँग झरना घुम्न गएका मगर फोटो खिच्ने क्रममा चिप्लेर लडेका थिए । उनीसँगै चिप्लेर लड्दा फिदिम ११ का २० वर्षीय सुदीप आङ्बो, फिदिम २ का राजन फागो र फिदिम ११ कै विशाल विश्वकर्मा घाइते भएका छन् ।
उनीहरूको पाँचथर अस्पतालमा उपचार भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij