Logo

Jun 19 2025 | २०८२, असार ५ गते

Jun 19 2025 | २०८२, असार ५ गते

तराई र अरनिको यातायातका कर्मचारीबिच झगडा, एकजना पक्राउ

तराई र अरनिको यातायातका कर्मचारीबिच झगडा, एकजना पक्राउ

  • काठमाडौँ । काभ्रेको बनेपामा हिमाल तराई र अरनिको यातायातका कर्मचारीबिच झगडा भएको छ । अरनिको यातायात सेवा प्रालिको बसलाई हिमाल तराई यातायात सेवा प्रालिका चालकले रोकेपछि विवाद सुरु भएको थियो ।

    images
    images
    images

    अरनिको यातायातका कर्मचारीले मुल सडकमा बस तेर्स्याएर चक्काजाम गरेसँगै डीएसपी लालध्वज सुवेदी नेतृत्वको टिम पुगेर सडक खुलाएका छन् । विवाद सुरु भएपछि हिमाल तराईका अध्यक्ष एक गाडी मान्छे लिएर बनेपा पुगेका हुन् । झडपमा संलग्न आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगा घर भएका ३० वर्षीय कुमार सुनुवार छन् । 

    images

    सडक जाम खुलेपछि अरनिको यातायातका चालकलाई कुटेको आरोपमाा सुनुवारलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बनेपाका डीएसपी लालध्वज सुवेदीले  बताए । उनी हिमाल तराईका कर्मचारी हुन् ।  इलाका प्रहरी कार्यालय बनेपा डीएसपी लालध्वज सुवेदी

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij