Logo

Jun 19 2025 | २०८२, असार ५ गते

Jun 19 2025 | २०८२, असार ५ गते

खैरो हेरोइनसहित भारतीय पक्राउ

खैरो हेरोइनसहित भारतीय पक्राउ

  • काठमाडौं । सङ्खुवासभाको खाँदबारी नगरपालिका  बाट एक जना भारतीय नागरिक अवैध लागु औषध खैरो हेरोइनसहित बुधबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिहार घर भएका ३० वर्षीय एमडी साहेवजान रहेका छन् ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार प्रहरीले विशेष सूचनाका आधारमा साहेवजानलाई टुँडिखेल बसपार्क क्षेत्रबाट पक्राउ गर्न सफल भएको हो ।

    images

    ‘केही समयदेखि उनले लागु औषधको कारोबार गरिरहेको गोप्य सूचना आएको थियो । त्यसैको आधारमा हामीले निरन्तर निगरानीपछि उनलाई पक्राउ गर्न सफल भयौँ,’ लामिछानेले भने ।

    उनको साथबाट २.८ ग्राम खैरो हेरोइन र नगद २० हजार रुपैयाँ बरामद गरिएको प्रहरीको भनाई छ । उनीमाथि लागु औषध ऐन, २०३३ बमोजिम थप अनुसन्धान भइरहेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij