
Jun 19 2025 | २०८२, असार ५ गते
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बुटवलले कपिलवस्तुको चन्द्रौटास्थित नापी कार्यालयका सर्वेक्षक बेचन प्रसाद गुप्तालाई पक्राउ गरेको हो ।
अख्तियारको टोलीले घुससहित उनलाई रंगेहात नियन्त्रणमा लिएको हो । कित्ताकाटमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको अख्तियार कार्यालय बुटवलका प्रमुख राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij