Jun 09 2026 | २०८३, जेठ २६ गते
काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका–४ स्थित एक होलसेल पसलमा आगलागी भएको छ। गएराति विद्युतको तार सर्ट भएर होलसेल पसलमा आगलागि भएको हो ।
विद्युतको तार सर्ट भएर जिएस ट्रेडर्समा आगलागी हुँदा पसलभित्र रहेका सबै सामान जलेर नष्ट भएको कैलाली होलसेल व्यवसायी संघका अध्यक्ष देवराज पाण्डेले बताएका छन्। श्यामकृष्ण खतिवडाको होलसेल पसल जलेर नष्ट भएको उनले बताए।
पसलमा महंगामंहगा सामान राखिएको थियो। तर जलेर सबै खरानी भएको अध्यक्ष पाण्डेले बताए। उनका अनुसार साढे २ करोडको रेडिमेट सामान लुगाकपडाहरु जलेर नष्ट भएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij