Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

नेपाल पत्रकार महासंघ रौतहटमा तालाबन्दी

नेपाल पत्रकार महासंघ रौतहटमा तालाबन्दी

  • काठमाडौं । नेपाल पत्रकार महासंघ रौतहट शाखाको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी भएको छ। शुद्धिकरणको नाममा नेपाल पत्रकार महासंघले सदस्यहरुको निजीकरण गरिएको भन्दै नेपाल पत्रकार महासंघ रौतहट शाखाको कार्यालयमा तालाबन्दी गरिएको हो। 

    onlinepatrika
    Arghakhachi

    पूर्वअध्यक्ष रविन्द्र साहको अगुवाईमा रौतहटका क्रियाशील पत्रकारहरुले असार २२ गते हुन लागेको निर्वाचन हुन नदिन तालाबन्दी गरेको छ। रौतहटमा डेढ सयभन्दा बढी पत्रकारहरु सक्रिय रहेको अवस्थामा जम्मा ३५ जना सदस्य कायम रहनेगरी नवीकरण र शुद्धिकरण गरिएको हो।

    AGNI GROUP

    पहिलेदेखि ५६ जना सदस्य रहेको र ५१ जनाले नयाँ सदस्यताको लागि निवेदन दिएको अवस्थामा नेपाल पत्रकार महासंघमा नेतृत्व हत्याउन चाहनेले सबै नियम र प्रक्रिया मिची शुद्धिकरणको नाममा निजीकरण गरिएको भन्दै रौतहटका पत्रकारहरु आक्रोशित बनेका हुन्।

    तालाबन्दी गर्दै पूर्वअध्यक्ष साहले तोकिएको मितिमा रौतहटमा निर्वाचन हुन नसक्ने बताएका छन्। जबसम्म सदस्यता शुद्धिकरणमा गरिएको विभेद र नयाँ सदस्यताको टुङ्गो लाग्दैन तबसम्म रौतहट शाखाको निर्वाचन हुन नसक्ने साहको भनाइ छ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij