Jun 09 2026 | २०८३, जेठ २६ गते
काठमाडौं । झापाको मेचीनगर–३ स्थित निन्दा खोलाको पश्चिमतर्फ ग्राउण्ड नजिक मृत हात्ती फेला परेको छ । विहीबार हात्ती मृत फेला परेको हात्ती सूचना केन्द्र बाहुनडाँगीले जनाएको छ।
स्थानीयका अनुसार भाले हात्ती मृत फेला परेको र शरीरमा देखिने कुनै प्रकारको चोटपटक लागेको छैन्। हात्ती के कारण मरेको भन्ने खुल्न नसकेको बताइएको छ। विद्युतीय धराप लाग्दा हात्ती सोही ठाउँमा नै मर्ने भएकाले विद्युतीय धरापमा परेकोजस्तो नदेखिएको तर फुड पोइजनिङका कारण हात्ती मरेको हुनसक्ने डिभिजन वन कार्यालय झापाका अधिकृत जीवन पाठकले जानकारी दिए।
झापाका प्रहरी प्रवक्ता कृष्णबहादुर चन्दले मृत हात्तीको परीक्षणका लागि कोशीटप्पु वन्यजन्तु आरक्षबाट पशुविशेषज्ञ टोली आउने जानकारीदिए। साथै जिल्लाका विभिन्न पालिकामा अहिलेसम्म २० वटा हात्ती विभिन्न कारणले मरिसकेका छन्। धेरैजसो हात्ती विद्युतीय तार बारमा परेर मरेको बताइन्छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij