
Jun 17 2025 | २०८२, असार ३ गते
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, पर्साका अधिकृत (आठौं तह) कमल राज गौतमविरुद्ध आरोप पत्र दायर गरेको छ ।
उनले पदमा बहाल रहँदा पदीय मर्यादा विपरितका कार्यहरू गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्नेसमेत व्यहोराको उजुरीका आधारमा आरोपपत्र दायर गरिएको आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले बताए ।
गौतम उपर बिगो २, ५१, ७८, ६८७.७१ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij