Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । बैतडीको दशरथचन्द नगरपालिकामा जबरजस्ती करणी प्रयासको आरोपमा एकजना पक्राउ परेका छन्। नगरपालिका - ३ पोखरीका ४६ वर्षीय प्रेमसिंह भण्डारी पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार गाउँकी विवाहित एक महिलामाथि करणीको प्रयास गरेको आरोप भण्डारीलाई नियन्त्रणमा लिइएको हो।
भण्डारीमाथि जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएर अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij