Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

अपाङ्गता भएका ६ सयभन्दा बढी नागरिकलाई परिचयपत्र प्रदान

अपाङ्गता भएका ६ सयभन्दा बढी नागरिकलाई परिचयपत्र प्रदान

  • काठमाडौं । शुक्लाफाँटा नगरपालिकाले अपाङ्गता परिचयपत्र वितरण गरेको छ । नगरपालिकाले अपाङ्गता भएका ६ सय तीनजनालाई परिचयपत्र वितरण गरेको हो

    ‘क’ वर्गका एक सय १८, ‘ख’ वर्गका दुई सय ८७, ‘ग’ वर्गका एक सय ४७, ‘घ’ वर्गका ५१ जनालाई अपाङ्गताको परिचयपत्र प्रदान गरिएको हो। दुई जना ज्येष्ठ नागरिक महिला र चार पुरुषलाई उनीहरूका घरमै पुगेर परिचयपत्र प्रदान गरिएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख कमला जोशी जानकारी दिइन।

    onlinepatrika
    Arghakhachi

    पूर्णअशक्त अपाङ्गता भएका व्यक्तिहरूलाई ‘क’ वर्गको रातो रङमा सुनौला अक्षरले स्पष्ट पहिचान हुने, अतिअशक्त अपाङ्गता भएका व्यक्तिलाई ‘ख’ वर्गको निलो रङमा सुनौला अरक्षले स्पष्ट पहिचान हुने, मध्यम अपाङता भएकालाई ‘ग’ वर्गको पहेँलो रङमा निलो अक्षरले स्पष्ट पहिचान हुने र सामान्य अपाङ्गता भएकालाई ‘घ’ वर्गको सेतो रङमा कालो अक्षरले स्पष्ट पहिचान हुने परिचयपत्र वितरण हुने गरेको छ।

    AGNI GROUP

    नगरपालिकाकै स्वाथ्य संस्थामा चिकित्सकको व्यवस्था भएकाले विगतको जस्तो मेडिकल ‘रिपोर्ट’ बनाउनका लागि महेन्द्रनगर, धनगढीलगायत अस्पतालमा अपाङ्गता भएका व्यक्तिहरूले पुग्नुपर्ने झन्झट नरहेको नगर उपप्रमुख कल्पना पन्तले बताए। पूर्णअशक्त अपाङ्गता भएका र अतिअशक्त अपाङ्गता भएका व्यक्तिलाई भने घरमै पुगेर परिचयपत्र वितरण गर्दै आएको उनले बताए।

    रातो र निलो रङका परिचयपत्रबाहक अपाङ्गताभएका व्यक्तिलाई सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत भत्ताको रकम उपलब्ध गराइँदै आएको छ। पहेँलो र सेतो रङका परिचयपत्रवाहक अपाङ्गतालाई नगरपालिकाले विभिन्न सीपमूलक तालिम र आयआर्जनका कार्यक्रममा समेट्दै आएको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij