
Jun 17 2025 | २०८२, असार ३ गते
काठमाडौं । टाटाले युनाइटेड किंगडमको पोर्ट टाल्बोटमा रहेको स्टिल प्लान्ट चाँडै बन्द गर्ने योजना बनाएको छ । ट्रेड युनियन युनाइटको हडतालका कारण कम्पनीले जुलाई ७ सम्म पोर्ट टाल्बोट प्लान्टका अधिकांश भागमा सञ्चालन बन्द गर्ने कदम चालेको टाटा स्टिलका कर्मचारीले जानकारी दिएका छन् ।
कम्पनीले एउटा ब्लास्ट फर्नेस जुनको अन्त्यसम्म र अर्को सेप्टेम्बरसम्म बन्द गर्ने योजना बनाएको थियो । तर पोर्ट टाल्बोटका कामदारहरुको जुलाइ ८ गतेदेखि सुरु हुने हडतालका कारण कम्पनीसँग सुरक्षित र स्थिर रुपमा सञ्चालन गर्न पर्याप्त स्रोतसाधन उपलब्ध हुने कुरामा ढुक्क हुन नसक्ने बताएको छ ।
कर्मचारी युनाइटले भनेको छ, “निर्धारित समयभन्दा तीन महिना अगाडि ब्लास्ट फर्नेस बन्द गर्ने यो धम्की नयाँ हो। टाटाले यसअघि पनि धेरै धम्की दिएको छ । यसले उनीहरूलाई कुनै फरक पार्दैन ।”
वेल्श सरकारले दुबै ब्लास्ट फर्नेस बन्द गर्न समर्थन नगर्ने र नदिने बताएको छ ।
गत हप्ता युनाइटले कम्पनीले हजारौं रोजगारी कटौती गर्ने योजनाको बिरूद्ध जुलाई ८ मा लगभग १,५०० कामदारहरूले अनिश्चितकालीन हडताल सुरु गर्ने घोषणा गर्यो ।
युनाइटका राष्ट्रिय प्रमुख ओनी कसाबले भने, “जब हामी २,८०० जागिर गुमाउँदैछौं, हामीसँग के विकल्प छ? हामीले टाटालाई आम निर्वाचनसम्म पर्खन भनेका छौं। नयाँ लेबर सरकार गठन नभएसम्म पर्खनुहोस् ।”
सेप्टेम्बरको अन्त्यसम्ममा कम्पनीले पोर्ट टाल्बोटका दुवै ब्लास्ट फर्नेस बन्द गरेपछि करिब २,८०० टाटा स्टिलका कर्मचारीहरूले आफ्नो जागिर गुमाउनेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij