Jun 09 2026 | २०८३, जेठ २६ गते
काठमाडौं । गुल्मीको रेसुङ्गा नगरपालिकाकाले सडक कालोपत्रे गर्ने कार्य गुणस्तरहीन भएको भेटिएपछि रकम भुक्तानी रोकेका छन् । सदरमुकाम तम्घासको अर्घाखाँची जीप पार्कदेखि जन्तेढुंगासम्मको सडक कालोपत्र गर्ने कार्य गुणस्तरहीन भएपछि नगर प्रमुख खिलध्वज पन्थीले निर्माण व्यवसायीले पाउने भुक्तानी रोकेका हुन् ।
उक्त सडक कालोपत्र् गर्नका लागि लोहोनी ब्रदर्श कन्स्ट्रक्सनले र सडक पूर्वाधार विकास कार्यालयबीच सम्झौता भइ तीन किलोमिटर सडक कालोपत्रे भएको छ ।
रेसुङ्गा नगरपालिकामा पर्ने अघाखाँची जीप पार्कदेखि जन्तेढुङ्गासम्मको तीन किलोमिटर सडक कालोपत्रे गर्ने क्रममा गुणस्तरीय नभउको भुक्तानी रोक्का गर्नका लागि आफूहरुले सडक पूर्वाधार विकास कार्यालयलाई पत्र लेखेर भुक्तानी रोकेको प्रमुख पन्तले जानकारी दिए ।
नगरपालिका, निर्माण व्यवसायी र सडक पूर्वाधार विकास कार्यालय प्राविधिकसहितको संयुक्त अनुगमनका क्रममा नाली पनि व्यवस्थित नभएको र सडक अव्यवस्थित रहेकोले उक्त सडकको निर्माण कार्यको सम्पूर्ण सुधार र गुणस्तरीय काम नभएसम्मका लागि भुक्तानी रोकिएको नगर प्रमुख पन्थीले जानकारी दिए । नगरपालिकाबाट भुक्तानी रोक्न पत्र प्राप्त भएकोले गुणस्तिरीय कार्य नगरेसम्म र अपुरा कामहरु नसकेसम्म रकम भुक्तानी रोक्ने सडक पूर्वाधार विकास कार्यालय गुल्मीका प्रमुख सचितानन्द चौधरीले बताए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij