
May 04 2025 | २०८२, वैशाख २१ गते
काठमाडौं । देशभरी परेको पानीका कारण बिभिन्न राजमार्ग अबरोध भएका छन् । नेपाल प्रहरीका अनुसार अबिरल बर्षा, पहिरो र बाढिका कारण मुख्यतयाः प्रमुखहरू अबरूद्ध हुन पुगेका छन् ।
जसअनुसार अबिरल बर्षाका कारण बागमति नदीले कल्भर्ट भत्काउँदा कान्ति लोकपथ पूर्ण रूपमा अबरूद्द भएको छ भने धादिङको कृष्णभीरमा पहिरो जाँदा पृथ्वी लोकमार्ग एकतर्फी मात्रै सुचारू भएको छ ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउपालिका-२ कोप्लाङस्थित अरनिको राजमार्ग साना गाडी मात्रै चल्ने गरी एकतर्फी सुचारू भएको छ ।
त्यसो त नवलपरासी पूर्वको बिनयी खोलमा आएको बाढीले बिनयी र चौसट्ठीमा क्रमशः एकतर्फी मात्रै र चौसट्ठीमा पूर्ण रूपमा अबरोध भएको नेपाल प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij