Jun 09 2026 | २०८३, जेठ २६ गते
काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु भए पनि बराह बाहिनीका डिआइजी भने पानीमाथिको ओभानो बनेका छन् । मोरङमा २०८० फागुन पहिलो साता सशस्त्र प्रहरीको प्रमुखको रुपमा गएका एसपी खड्कामाथि तस्करीको लाइन चलाएको आरोपमा कारबाही गर्दा डिआइजीकै निर्देशनमा लाइन खुलाइएको भएपनि उनलाई जोगाएर एसपीमाथि मात्रै कारबाहीको डण्डा बर्षाउन लागिएको हो । बराह बाहिनीका डिआइजी शम्भू सुवेदीकै निर्देशनमा लाइन खुलाइएको भन्दै एसपी खड्काले आफूनिकट सहकर्मीलाई बताउने गरेका छन् ।
मोरङमा तीन दर्जन सीमा नाका छन् । जसमध्ये विराटनगरसहित पूर्वी क्षेत्रको नाकाबाट तस्करीको लाइन चलाउएर खवैध असुली गरेको उनीमाथि आरोप छ ।
विराटनगरका व्यापारी विनोद केशरीले एक महिनाअघि भारतबाट भन्सार छली गरेर ल्याएको चिनी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो । तर, नियन्त्रणमा लिइएको उक्त चिनी भन्सारमा बुझाउनुको साटो एसपी खड्काले यत्तिकै छाडेको आरोप लगाइएको छ ।
उनले पैसा लिएर चिनीसहितको गाडी छोडेको आरोपमा आईजीपी राजु अर्यालको सचिवालयमा बेनामे उजुरी परेको थियो । आईजीपी राजु अर्यालकै निर्देशनमा खड्कालाई काठमाडौं तानेर आवश्यक छानबिन एवं अनुसन्धानको प्रक्रिया अघि बढाइएको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij