Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

बजेट

बागमतीमा साँझ साढे ६ बजे बजेट आउने

बागमतीमा साँझ साढे ६ बजे बजेट आउने

  • काठमाडौँ । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट साँझ साढे ६ बजे ल्याउने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    यसअघि आज दिउँसो ३ बजे बजेट सार्वजनिक गर्ने समय तालिका बनाइएको भए पनि बजेट निर्माण प्रक्रियामा दलहरू बीच समस्या देखिएपछि समय सारिएको हो ।

    AGNI GROUP

    प्रदेशसभा सचिवालयले सूचना जारी गरी प्रदेशसभाको बैठक साढे ६ बजे बस्ने जनाएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले प्रदेश सभाको बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्नेछन् ।

    सरकार सँग ६४ अर्बको बजेट ल्याउने सबै दलहरूसँग छलफल भए पनि सरकारले प्रतिपक्षी दलहरू सँगको छलफल लाई वेवास्ता गरी ७२ अर्बको बजेट ल्याउन लागेकाले असहमति रहेको एक जना विपक्षी दलका प्रदेशसभा सदस्यले बताए ।

    साँझ साढे ५ बजे मन्त्रिपरिषद्को बैठक बसेर बजेट स्वीकृत गरिने कार्यक्रम तय भएको मुख्यमन्त्री बहादुर सिंह लामाको सचिवालयका एक सदस्यले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट