Logo

Jun 16 2025 | २०८२, असार २ गते

Jun 16 2025 | २०८२, असार २ गते

बूढानीलकण्ठ

२ व्यक्ति र कुकुर मृत फेला, घटना शंकास्पद

२ व्यक्ति र कुकुर मृत फेला, घटना शंकास्पद

  • काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटमा दुई व्यक्ति र कुकुर मृत अवस्थामा भेटिएका छन् ।

    images
    images
    images

    मृत भेटिनेमा भारतको चन्डिगढका घर भएका ५४ वर्षीय परम नारायण गिल र २८ वर्षीया अन्जना तामाङ छन्। अन्जनाको ठेगाना भने धादिङको गल्छी गाउँपालिका–६ रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए ।

    images

    उनीहरू पासिकोट स्थित थ्री–स्टार किडजोन स्कुलको कम्पौण्ड भित्र रहेको साढे दुई तले घरमा मृत भेटिएको एसपी बोहराले बताए ।

    उनीहरूका साथै एउटा कुकुर पनि मृत भेटिएको छ । शुक्रबार राति शव भेटिएपछि घटना शंकास्पद रहेको आशंका गर्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

    भारतीय नागरिक गिल उक्त घरमा एउटा कोठा भाडामा लिएर बसेका थिए । उनी फाटोग्राफर रहेको पाइएको प्रहरीले बताएको छ ।

    images

    भाडाको उक्त कोठामा उनीहरू मृत भेटिएका हुन् । हत्यापछि आत्महत्या गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij