Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

अण्डा उत्पादन गर्ने किसानको सङ्ख्या ७५ प्रतिशतले घटे

अण्डा उत्पादन गर्ने किसानको सङ्ख्या ७५ प्रतिशतले घटे

  • काठाडौं । पछिल्लो पाँच वर्षमा अण्डा उत्पादन गर्ने ७५ प्रतिशत किसान विस्थापित भएका छन् । लागत मूल्यभन्दा निकै सस्तोमा अण्डा बिक्री गर्नुपरेपछि किसानहरू विस्थापित भएका हुन् । 

    onlinepatrika
    Arghakhachi

    पोल्ट्री व्यवसायी मञ्चका अनुसार दुई वर्ष अघिसम्म नेपालमा लेयर्स कुखुरा पाल्ने फार्मको सङ्ख्या पाँच हजारभन्दा बढी रहेकोमा अहिले दुई हजारभन्दा तल झरेको छ । केही महिनाअघि विज्ञहरूले अण्डाको लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा निकालेका थिए । अहिलेको फार्म मूल्य ठूलो प्रतिगोटा १६ रुपैयाँ ३३ पैसा र 'मिडियम' अण्डाको मूल्य १६ रुपैयाँ रहेको छ । अहिले भने लागत मूल्य नजिक रहेकोले केही राहत भएको मञ्चका अध्यक्ष रघुनाथ भट्टले बताए।

    AGNI GROUP

    नेपाल अण्डा उत्पादक सङ्घका पूर्वअध्यक्ष त्रिलोचन कँडेल अहिले दुई लाख ८२ हजार उद्योगी बैंकको कालोसूचीमा रहेकामा तीमध्ये ४० प्रतिशत कुखुरापालक किसान एवम् पोल्ट्री व्यवसायी रहेका दाबी गर्नुहुन्छ । दानाको कच्चा पदार्थ र औषधिको मूल्य दोब्बर बढेको, कामदारको ज्याला बढेको, खोरको भाडा बढेको, कार्टुन, क्रेटलगायत सामग्रीको मूल्य बढेको तर अण्डाको मूल्य लामो समयसम्म बढ्न नसक्दा किसानको अवस्था दयनीय बनेको उनले बताए।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij