Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राहत शिक्षकको बिरामी बिदा सञ्चित नहुने !

राहत शिक्षकको बिरामी बिदा सञ्चित नहुने !

  • काठमाडौं । सरकारले राहत शिक्षकको बिरामी बिदा सञ्चित गर्न नहुने र अर्को वर्ष त्यस्तो बिदाको सहुलियत लिन नपाउने व्यवस्था कार्यान्वयन गर्न सबै स्थानीय तहलाई परिपत्र गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई  परिपत्र पठाउँदै यसबारे जानकारी दिएको हो । ‘सामुदायिक विद्यालयमा अनुदान कोटा (राहत) शिक्षकले विद्यालयसँग भएको करार सम्झौतामा उल्लेख भएबमोजिम एक आर्थिक वर्षमा उपभोग गर्न पाउने १२ दिनको बिरामी बिदा (सञ्चित नहुने) लाई अर्को आर्थिक वर्षमा सञ्चित गरिराख्ने, उपभोग गर्ने एवम् विद्यालयबाट उक्त समयको तलब, भत्तासमेत लिने गरेको देखिएकोले मुलुकभरका अन्य सामुदायिक विद्यालयबाट समेत उक्त कार्य गर्दा शिक्षा ऐन २०२८ तथा शिक्षा नियमावली २०५९ लगायतका प्रचलित कानून एवम् तालुक मन्त्रालयको परिपत्रसमेतको परिपालना नगरेको बुझिएकोले अबका दिनदेखि सो कानूनी व्यवस्थाको परिपालना गर्ने गराउनेतर्फ आवश्यक कदम उठाउन’, परिपत्रमा भनिएको छ  ।’

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij