Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

चक्कु देखाएर पठाओ चालकलाई लुटपाट, २ जना पक्राउ

चक्कु देखाएर पठाओ चालकलाई लुटपाट, २ जना पक्राउ

  • काठमाडौं । साँखुबाट पठाओ चालकको मोटरसाइकल, मोबाइल र नगद लुटपाट गर्ने २ जना पक्राउ परेका छन् । प्रहरी प्रभाग साँखुले पठाओ चालक भक्तबहादुर खड्कालाई लुटपाट गर्ने वर्ष २३ का राहुल तामाङ र वर्ष २१ का मनिष कोइरालालाई पक्राउ गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    उनीहरुले यही साउन ९ गते बिहान ६ बजे काठमाडौँको शंखरापुर नगरपालिका-८ नाउपाखा सामुदायिक वनमा मोरङ लेटाङ नगरपालिका वडा नम्बर ९ का खड्कालाई लुटपाट गरेका थिए ।

    AGNI GROUP

    ललितपुर बस्ने भक्तबहादुर खड्काले पठाओ गरी यात्रु लिई शंखरापुर नगरपालिका नाउपाखा सामुदायिक वनमा पुगेपछि तामाङ र कोइरालाले चक्कु देखाई उक्त पठाओ चालकको बाप ०२–०४३ प ९१२५ नम्बरको मोटर साइकल, नगद रु.६०००।– र मोबाइल १ थान लुटपाट तथा चोरी गरी फरार भएकोमा सोही दिन निजहरूलाई नियन्त्रणमा लिई कानुन बमोजिम थप कारबाहीका लागि तालुक कार्यालयमा पठाइएको साँखु प्रहरी प्रभावका इन्चार्ज प्रहरी निरीक्षक नवीन चुदालीले जानकारी दिएका छन् ।

    सुनसरीको धरान उपमहानगरपालिका-१५ घर भई हाल काठमाडौँको साँखुमा बस्ने राहुल तामाङ र उदयपुर नगरपालिका- ५ घर भई हाल साँखुमा बस्दै आएका मनिष कोइराला पक्राउ परेका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij