Jun 04 2026 | २०८३, जेठ २१ गते
गएराति आगराबाट लखनउ जाँदै गरेको कार र रायबरेलीबाट दिल्ली जाँदै गरेको डबल डेकर बस इटावाको एक्सप्रेस वेको १२९ माइलस्टोन नजिक आपसमा ठोक्किएको हो ।
इटावाका एसएसपी कुमार बर्माका अनुसार कार आफ्नो लेन छाडेर बस आउने लेनतर्फ गएपछि दुर्घटना भएको हो। दुर्घटनाको प्रकृति हेर्दा कार चालक निदाएका कारण विपरीत लेनमा पुगेको हुनसक्ने एसएसपी बर्मालाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ ।
दुर्घटनामा कारमा सवार तीनै जना र बसमा सवार चार जनाको मृत्य भएको एसएसपी बर्माले बताएका छन् ।
कारसँग ठोक्किएपछि बस अनियन्त्रित हुँदै सडक तल खाल्डोमा खसेको थियो । बसमा ६० जना सवार रहेको र त्यसमध्ये २५ जना घाइते भएको बिबिसीले जनाएको छ। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ ।
घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको पनि एसएसपी बर्माले बिबिसीसँग बताएका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij