Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

हर्षित डा. भेषबहादुर !

हर्षित डा. भेषबहादुर !

  • काठमाडौं । नेपाल जनप्रशासन संघले २०७९ सालको हेमबहादुर मल्ल सम्मान डा. भेषबहादुर थापालाई प्रदान गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले डा. थापालाई उक्त सम्मान प्रदान गर्नुभएको हो ।

    onlinepatrika
    Arghakhachi

    अन्तर्राष्ट्रियस्तरमा नेपालको राष्ट्रिय हित र श्रीवृद्धिको लागि पु¥याएको बहुमुल्य योगदानको कदरस्वरूप हेमबहादुर मल्ल सम्मान २०७९ डा. थापालाई प्रदान गरिएको संस्थाका अध्यक्ष मधुरमण आचार्यले बताए ।

    AGNI GROUP

    सम्मान छनोटका लागि नेपाल सरकारका पूर्वसचिव एवंम् पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाको संयोजकत्वमा एक छनोट समिति गठन गरिएको थियो । सो समितिमा नेपाल जनप्रशासन संघका तत्कालीन अध्यक्ष कृष्णहरि बास्कोटा, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका अध्यक्ष प्रदीपलाल श्रेष्ठ, सचिव विन्दु विष्ट र पूर्वसचिव शिशिरकुमार ढुंगाना सदस्य रहेका थिए ।

    hem.jpg

    सार्वजनिक वितरण क्षेत्रको अग्रणी संस्था साल्ट ट्रेडिङ कपर्पोरेशन लिमिटेडको सौजन्यमा सो संस्थाका प्रेसिडेन्ट एव व्यवस्थापक स्व। हेमबहादुर मल्लको स्मृतिमा नेपाल जनप्रशासन संघले विसं २०७९ मा हेमबहादुर मल्ल सम्मान स्थापना गरेको हो ।

    अघिल्ला वर्षहरूमा हेमबहादुर मल्ल सम्मानबाट केदारभक्त माथेमा, चादनी जोशी, डा। भगवान कोइराला, डा. विमल कोइराला, महावीर पुन, स्व. अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, दमननाथ ढुंगाना, डा. सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदर गौतम, डा. देवेन्द्रराज पाण्डे, कुलमान घिसिङ, डा. सन्दुक रुइत, डा। गौरीशंकर लाल दास, सूर्यनाथ उपाध्याय, गोरक्षबहादुर न्हुच्छे प्रधान र भानु आचार्य सम्मानित भइसकेका छन् ।

    डा. भेषबहादुर थापा यो सम्मान पाउने २० औं व्यक्ति हुन् ।

    सम्मानपत्रसहित नगद राशि २ लाख रुपैयाँको यो सम्मान बर्सेनी प्रदान गरिँदै आएकोमा यस वर्ष थापालाई प्रदान गरिएको हो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij