
Jun 09 2025 | २०८२, जेठ २६ गते
काठमाडौं । सान्भी इनर्जी डेभलपमेन्ट लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले सोमबार बाँडफाँट गरेको हो ।
गोलाप्रथाबाट २ लाख ४१ हजार ५३० जना आवेदकले १० कित्ता शेयर पाएका छन् ।
शेयरमा कुल २१ लाख ८ हजार २३२ जना आवेदकले करीब २ करोड ५८ लाख ९० हजार कित्ता माग गरेका थिए । यो माग निष्कासन भएको परिमाणभन्दा १०.७१ गुणा बढी थियो । योसँगै करिब १८ लाख ६६ हजार ७०२ जनाको हात खाली भएको छ ।
क्रम्पनीले गत जेठ ९ देखि १३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरमा २४ लाख १५ हजार ३०० कित्ता शेयर निष्कासन गरेको थियो, जसको कुल रकम २४ करोड १५ लाख रुपैयाँ बराबर छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij