
Jun 09 2025 | २०८२, जेठ २६ गते
काठमाडौं । निजी टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको नेटवर्क डाउन भएको छ । सोमबार दिउँसोबाट एनसेलमा फोन नलाग्ने, मेसेज नजानेलगायतको समस्या देखिएको हो ।
एनसेलले आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमार्फत् दिउँसोबाट यस कम्पनीले प्रवाह गर्दै आफ्ना सेवामा प्राविधिक समस्याका कारण अचानक अवरुद्ध हुन पुगेको बताएको छ ।
प्राविधिक समस्याका कारण परेको असुविधाका कारण क्षमा माग्दै एनसेलले यथाशीघ्र सेवा सुचारुको काम भइरहको जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij