Logo

Jun 10 2025 | २०८२, जेठ २७ गते

Jun 10 2025 | २०८२, जेठ २७ गते

सामाजिक सञ्जाल फेसबुकमा भ्रामक विषय राख्नेलाई मेयरको चेतावनी

सामाजिक सञ्जाल फेसबुकमा भ्रामक विषय राख्नेलाई मेयरको चेतावनी

  • काठमाडौं। रौतहटको गौर नगरपालिकाका मेयर शम्भु साहले आफूविरुद्ध सामाजिक सञ्जाल फेसबुकमा भ्रामक विषय राख्नेमाथि कारबाहीको चेतावनी दिएका छन्। मेयर साहले प्रेस विज्ञप्ति जारी गर्दै त्यस्ता गतिबिधि गर्नेमाथि कारबाही गर्ने चेतावनी दिएका हुन्। 

    images
    images
    images

    पछिल्लो केही दिनदेखि मेयर साह, प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुरलगायत गौर-९ का जनप्रतिनिधि तथा कार्यालयका कर्मचारीबारे कपोलकल्पित, निराधार तथा भाम्रक कुरा सामाजिक सञ्जालमा अडियो/भिडियो सम्प्रेषण गरी चरित्र हत्या गर्ने प्रयास भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको उनले बताएका छन्।

    images

    उनले भाम्रक कुरा सामाजिक सञ्जालमार्फत सम्प्रेषण गर्ने गराउने व्यक्ति तथा समूहको घोर भर्त्सना गर्दै त्यस्तो व्यक्ति वा समूहको बारेमा पत्ता लगाई आवश्यक छानबिन गरी कानुनी दायरामा ल्याई प्रचलित ऐन, नियम बमोजिम कडा कारबाही गर्न माग समेत गरेका छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij