Logo

May 28 2025 | २०८२, जेठ १४ गते

May 28 2025 | २०८२, जेठ १४ गते

डिभीको लागि दश महिनामा २५०० जनाको भिसा लाग्यो

डिभीको लागि दश महिनामा २५०० जनाको भिसा लाग्यो

  • काठमाडौं । पछिल्लो दश महिनामा २५०५ जना नेपालीहरुले अमेरिकाको डाइभर्सिटी भिसा (डिभी) अन्तर्गतको प्रकृया पूरा गरेका छन् ।

    images
    images
    images

    अरु विजेताहरुको प्रकृया पूरा हुने क्रममा रहेको छ । अमेरिकाबाट संचालित नेपयोर्क समाचार पोर्टलका अनुसार जुलाई महिनामा मात्रै २७२ जनाले भिसा पाएका छन् । अगस्टको भने सूचना सार्वजनिक भएको छैन ।

    images

    सन २०२४ को डिभीको प्रकृयाको समयसीमा सेप्टेम्बर ३० मा भएको बताइएको छ । १३ हजार भन्दा माथिको नम्बरको डिभी परेकाहरुको भने भिसा नहुने भएको छ किनभने यो वर्षको क्याप १३ हजार छ ।

    अहिले भिसा दिइएकाहरुमा सन २०२२ को लटको भएको बताइएको छ । सन २०२३ मा विजेता भएकाहरुले यहि अक्टोबरबाट भिसा पाउन सुरु गर्नेछन् । सन २०२४ को लागि ३८६३ जना नेपालीको डिभी परेको छ ।

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij