
May 28 2025 | २०८२, जेठ १४ गते
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सतर्कता केन्द्रले आज आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा केन्द्रका सचिव सरजुकुमार वैद्यले प्रधानमन्त्री ओलीसमक्ष सो प्रतिवेदन पेस गरेका हुन् ।
सो अवसरमा प्रधानमन्त्री ओलीले सुशासन र विकासको मुख्य कार्यभार लिएर वर्तमान सरकार बनेकाले सोही बमोजिम प्रभावकारी ढङ्गबाट कामकाज गर्न निर्देशन दिए ।
उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतमा रहेकाले नियमित ‘रिपोर्टिङ’ गर्ने र निर्देशन पालना गर्ने सवालमा केन्द्र अझ सक्रिय हुनुपर्नेमा जोड दिँदै विकास र सुशासनको वाधक भ्रष्टाचार भएकाले यसको नियन्त्रणका लागि सम्बद्ध सबै पक्षले इमानदारीपूर्वक तोकिएको जिम्मेवारी पूरा गर्नुपर्ने बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij