Logo

May 28 2025 | २०८२, जेठ १४ गते

May 28 2025 | २०८२, जेठ १४ गते

एआईजी ज्ञवालीले पाए अवकाश

एआईजी ज्ञवालीले पाए अवकाश

  • काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीले अवकाश पाएका छन् ।

    images
    images
    images

    एआईजीको ५६ वर्षे उमेरहदका कारण ज्ञवालीले मंगलबारदेखि अनिवार्य अवकाश पाएका हुन् । ज्ञवालीलाई मंगलबार प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले बिदाइ गरेका छन् ।

    images

    ज्ञवाली आईजीपी कुँवरकै ब्याची हुन् । ज्ञवाली प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागका कार्यरत थिए । यसअघि उनी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा कार्यरत थिए । सीआईबी हुँदा भने उनको कार्यकाल विवादरहित हुन सकेन ।

    उनलाई सीआईबीबाट प्रधान कार्यालय सरुवा गरेर छानबिन नै अघि बढाएको थियो । तर, एआईजीमाथि छानबिन गर्न एआईजीको नेतृत्वमै समिति बनेका कारण अनुसन्धान प्रक्रिया नै अघि बढेन । छानबिन प्रतिवेदन भने आईजीपीलाई बुझाई सकेको छ ।

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij