Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पाटन दरबारमा क्लासिक वाल्कको वाहवाही !

पाटन दरबारमा क्लासिक वाल्कको वाहवाही !

  • ललितपुर । ‘पाटन हेरिटेज जेम्स एण्ड ज्वेलरी एक्स्पो २०२४’ धुमधामले सकिएको छ । ललितपुर रत्न तथा आभुषण संघ र रोटरी क्लब अफ पाटन हेरिटेजले संयुक्त रुपमा आयोजना गरेको यस एक्स्पोले “समृद्धिका लागि सम्पदा संरक्षण” मूल नारा समेटेको थियो । एक्स्पोको विशेष आकर्षणको रूपमा र्याम्प वाल्क प्रस्तुत गरिएको थियो, जुन क्लासिक डाइमण्ड ज्वेलर्सद्वारा आयोजना गरिएको थियो।

    onlinepatrika
    Arghakhachi

    class.jpg

    AGNI GROUP

    एक्स्पोमा २५ वटा स्टलहरू रहेका थिए, जसमा स्थानीय उद्योग र व्यवसायलाई प्रवर्द्धन गर्ने अवसर प्रदान गरिएको थियो। रोटरी क्लब अफ पाटन हेरिटेजका अध्यक्ष सज्जु व्यञ्जनकारले स्थानीय खनिज, कला, संस्कृति र सांस्कृतिक गहना प्रदर्शनीमा राखिएको बताउनु भयो । 

    classic 13.jpg

    एक्स्पोको विशेष आकर्षणको रूपमा 'र्याम्प वाल्क' प्रस्तुत गरिएको थियो, जुन क्लासिक डाइमण्ड ज्वेलर्सद्वारा आयोजना गरिएको थियो।

    classic 12.jpg

    नेपालको मौलिक तथा सांस्कृतिक पोसाकमा क्लासिक डायमण्ड ज्वेलर्सद्वारा निर्मित हिराका गहनाहरुमा सजिएर वाकमा सहभागी भएका थिए । हेरिटेज रनवे क्लासिक डायमण्ड ज्वेलर्स विश्व सम्पदामा सुचीमा रहेको पाटन दरबार स्क्वायरको प्राङ्गणमा पहिलोपटक आयोजना गरिएको थियो । यस हेरिटेज रनवे मार्फत हाम्रो सम्पदा विश्व समुदाय माझ उजागर गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको क्लासिक डायमण्ड ज्वलेर्सका प्रबन्ध निर्देशक अमिर महर्जनले जानकारी दिनुभयो । 

    classic11.jpg

    यसमा पावर्ड बाइमा क्लासिक डाइमण्ड प्रालि, इन एसोसिएसन विथमा ललितपुर महानगरपालिका वडा नं १६, प्रमोटेड बाइमा ललितपुर महानगरपालिका उद्योग पर्यटन तथा संस्कृति संरक्षण समिति, बैंकिङ पार्टनरमा लक्ष्मी बैंक लिमिटेड, इन्स्योरेन्स पार्टनरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको), हस्पिटालिटी पार्टनरमा द पाटन म्युजियम क्याफे, अपरेटेड बाइ होटल हिमालय, बोर्डकास्टिङ पार्टनरमा नेपाल मण्डल टेलिभिजन, मेकअप पार्टनरमा लक्स मेकअप आर्टिस्ट्री, वेडरोब पार्टनरमा ड्रिम वेयर फेसन द बुटिक, डिजिटल मार्केट्रिङ पार्टनरमा वेवट्युन स्टुडियो, इभेन्ट म्यानेजमेन्ट बाइमा इभेन्ट सोलुसनले साथ दिएका थिए ।

    सपोर्टेड बाइमा गोदावरी नगरपालिका, ट्रेड एण्ड एक्स्पोर्ट प्रमोशन सेन्टर ९टिइपिसी०, रत्न तथा आभुषण व्यवसायी संघ, नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल हस्तकल महासंघ, ललितपुर महानगरपालिका वडा नं ६, वडा नं १२, पाटन टुरिजम डेभलपमेन्ट अर्गनाइजेसन, गोदावरी उद्योग वाणिज्य संघ, नेपाल रत्न तथा आभुषण संघ, ललितपुर सुनचाँदी व्यवसायी संघ, पाटन सँग्रहालय छन् । 

    कुमारी बैंक लि, नबिल बैंक लि, महालक्ष्मी विकास बैंक लि, नेपाल कमर्सियल इन्टरप्राइजेज प्रालि, गोदरेज, पिएम कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ प्रालि, इपास, रोट्याक्ट क्लब अफ पाटन हेरिटेज, रोटरी क्लब अफ काठमाडौं हेरिटेज, रोटरी क्लब अफ ललितपुर, रोटरी क्लब अफ यल र रोटरी क्लब अफ भरतपुरको पनि एक्स्पोलाई साथ दिए ।

    एक्स्पोमा अवलोकनकर्ताहरूको उत्साहजनक उपस्थिति रहेको क्लासिक डायमण्डका म्यानेजर रिमोन महर्जनले अनलाइन पत्रिकालाई बताए । 

    class1.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट