
May 25 2025 | २०८२, जेठ ११ गते
काठमाडौं । नेपाल प्रहरीकी एक जना डाक्टरसम्पर्कविहीन भएकी छन् । प्रहरी अस्पतालको रेडियोलोजी शाखा महाराजगञ्ज दरबन्दी भई सोही अस्पतालको छाला रोग विभागको ओपिडीमा कार्यरत डा.शिवानिस सिंह कार्यालयमा वैशाखदेखि अनुपस्थित भएकी हुन् ।
चार दिनका लागि भैपरी आउने बिदा लिएकी सिंहले थि १४ दिन घर बिदा लिएकी थिइन् । त्यसपछि लगातार दुई महिना घर बिदा लिएर बिदा भुक्तान गरेपछि उनी अहिलेसम्म हाजिर नभएको गृहमन्त्रालयले जनाएको छ ।
वैशाखदेखि बिदा बसेकी उनी सूचना जारी गर्दा पनि सम्पर्कमा नआएपछि गृहमन्त्रालयले स्पष्टीकरणसहित उपस्थित हुन पुन सूचना जारी गरेको छ । यसपटक पनि उपस्थित नभए प्रहरी नियमावली अनुसार भविष्यमा सरकारी सेवाको लागि अयोग्य हुने गरी सेवाबाट हटाइने सूचनामा उल्लेख छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij