Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

पेस्तोलसहित सद्दाम हुसेन पक्राउ

पेस्तोलसहित सद्दाम हुसेन पक्राउ

  • काठमाडौं । पेस्तोलसहित एक जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ । प्रहरीले २१ वर्षीय सद्दाम हुसेन फकिरलाई पेस्तोलसहित पक्राउ गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको टोलीले फकिरलाई मोटरसाइकल चोरी गर्न खोजेको आशंकामा खोजतलास गर्दा उनी पेस्तोलसहित पक्राउ परेका हुन् । 

    AGNI GROUP

    जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख, एसपी निरन्जन भट्टका अनुसार फकिरबाट प्रहरीले कम्मरमा लुकाइराखेको अवस्थामा ४.५ मिलि मिटर क्यालिवर ‘डेन्डर टोए एयर पेस्तोल’ एक थान, सोही पेस्तोलमा लाग्ने ४३ थान छर्रा, धमाका ६ थान बरामद गरेको छ ।

    प्रहरीले फकिरविरुद्ध हातहतियार खरखजाना मुद्दामा अनुसन्धान गरिरहेको जानकारी एसपी भट्टले दिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij